श्रीआधारभुत उचिडिका प्र.अ भ्रष्टाचार बिरूद्ध नगरपालिकामा बुझाईयाे निवेदन

कोल्हवी न्युज
२०८० पुष ४, बुधबार १९:२९

रौतहट:राैतहट जिल्लाकाे देवाही गाेनाही नगरपालिका-७ मा रहेको श्री आधारभुत बिधालय उचिडिहका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहा बिरूद्ध नगरपालिकामा ज्ञापनपत्र बुझाएकाे छ।

बुधबारका दिन प्रमुख प्रशासकीय अधिकृत अनउपस्थिती हरदा शिक्षा संयाेजक अरबिन्द यादव लाई प्रधानाध्यापक कुशवाहाकाे कार्यवाहीकाे माग सहित निबेदन बुझाएको हाे।

देवाही गाेनाही नगरपालिका-७ मा रहेको श्री आधारभुत बिधालय उचिडिहका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहाले २०७६ सालमा बिधालय व्यवस्थापन समितिकाे अवधि सकिय पछि आफु खुशी मनाेमानी पुर्वक आजका मिती सम्म आर्थिक बर्ष ०७६/०७७ / ०७७/०७८/ ०७८/०८९ र आर्थिक बर्ष ०८०/८१ चालु समेत कानुन बिपरित बिना दरबन्दीकाे कयौं अबैध शिक्षक नियुक्त गरेको ।
भवन निर्माण , शाैचालय निर्माण , पाठ्यपुस्तक खरिद तथा छात्रवृत्ति बितरण, दिवा खाजा लगाएत अन्य निकासाहरूमा ब्यापक आर्थिक अनियमितता र भ्रष्टाचार गरेको निवेदनमा उल्लेख छ।

जसकाे जवलन्त उदाहरण चालु आ.ब मै बिगत आ.ब ०७८/०८९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत प्राप्त भवन निर्माणकाे लागि ३६ लाख र नगरपालिका नगरकाेष बाट आ.ब.०८०/८१मा ३५ लाख भ्रष्टाचार गर्ने उदेश्यले बि.व्य.स नभएको बिधालय भवन निर्माण समिति कुनै निकाय बाट निर्माण समिति नबनेको अवस्थामा भवन बन्न लागेको जग्गा बिधालयकाे नाममा नभएको र ब्यक्ति बिशेषकाे नाउमा रहेको जग्गामा भवन बनेमा त्याे भवन समेत ब्यक्तिले कब्जा गर्न सक्ने भएकोले अबिलम्ब उक्त भवन निर्माण राेक्का गरी नियमअनुसारकाे भवन निर्माण कार्य प्रक्रिया अगाडि बढाउनु हुन अनुरोध समेत निबेदनमा उल्लेख छ।

यसका साथै तपशिलका आ.ब.हरूमा नपा मार्फत बिधालयमा भएको निर्माण कार्य ,पाठ्यपुस्तक खरिद , छात्रवृत्ति बितरण ,किताब कर्नर र दिवा खाजामा लगाएतका अन्य शिर्षकमा के कति रकम निकासाका भएको हाे साे काे छानबिन गरी ब्यापक आर्थिक अनियमितता गर्ने प्र अ कुशवाहा माथि कानुनी कार्यवाही गर्न अनुराेध समेत गरे।

साे क्रममा शिक्षा संयाेजक यादवले कार्यालय प्रमुख उपस्थित नभएको ले उपस्थित हुने बितपकै याे बिसय बस्तुमा हामिहरूकाे गम्भीर ध्यानाकर्षन भएकाे हाे,छलफल र छानबिनका अन्तिममा यदि छानबिनका शिलशिलामा बास्विक दाेषि ठहर भएमा आबश्यक प्रक्रियाका लागि अगाडि बढन प्रतिबद्धता समेत गरेका हुन।
निबेदनमा बलिराम राउत,रूपेश पटेल,सकिर अन्सारी,राधामाेहन राउत लगाएतकाे ब्यक्तिहरूकाे संयुक्त रूपमा सहभागीता छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*