कोल्हवीको बिघौ बिघा जग्गा भुमाफियाको कब्जामा सिडियो द्वारा निरीक्षण
कोल्हवी:बारा जिल्ला कोल्हवी नगरपालिका साबिक रमपुर्वा गा.वि.स को वडा न.१ र२ हाल कोल्हवी नगरपालिका वडा न.९ अडेम्वा बिर्ता को ४० बिघा भन्दा बढी एलानी पर्ती जग्गा भुमाफियाले बर्षौ देखि कब्जा गरि राखेको जग्गा आज बाराका सिडियो नवराज सापकोटाले स्थलगत निरीक्षण गरेका छन।
साबिक रमपुर्वा गा.वि.स वडा न.१र२ हाल कोल्हवी नगरपालिका वडा न.९ को कित्ता न.२२२,७९,२८,२४,२५,२०४,२००,१९०,१४२,११९,११३,८२,९४,८४,३०,२२५,२२६,२३,४१,२२३ र २२४ साबिक रम्पुर्वा गाविस वडा न.१ मा पर्दछ भने कित्ता न.४०,४१,४२,४३,४४,४५,२६,७,५,६,२१,२२,२३,२०र १६ सविक रमपुर्वा २ मा पर्दछ्न।
भु-माफियाले बर्षौ देखि कब्जा गरेको उक्त जग्गा नाप जाँच गरि सिमाना छुट्टाउन कोल्हवी नगरपालिका वडा न.९ को कार्यालयलाई २०७९ चैत्र १९ गते सुकुम्बासी सघर्स समितिका अध्यक्ष प्रकाश चौधरीले निवेदन दिएका थिए।
उक्त बिषयमा कोल्हवी नगरपालिकालाई वडाले पटक-पटक जग्गा नाप जाच गर्न लिखित सिफारिस सहित आग्रह गर्दा पनि नगरपालिकाले बेवास्ता गरेको सुकुम्बासी सङ्ह्र्स समितिका अध्यक्ष प्रकाश चौधरीले बताउनु भएको छ।
भुमाफियाको चङुलमा परि नगरपालिकाले उक्त बिबादित जग्गा नाप जाँच गर्न नसकेकै कारण बास्तविक कुरा बुज्नको लागि बाराका प्रमुख जिल्ला अधिकारी,डिबिजन बन कार्यालय बाराका प्रमुख,अनुसन्धानका प्रमुख सहित कोल्हवी नगरपालिका उप-प्रमुख लक्ष्मी कुमारि चौधरी, ई.प्र.का कोल्हवि लगायत जिल्लाका सन्चारकर्मिहरुको उपस्थिती रहेको थियो।