प्रभावकारी छ ‘चित्रा’ को टीजर, बुवा र छोरीको सम्बन्धदेखि आकर्षक एक्सनसम्म (भिडियो)
आगामी पुस २९ गतेदेखि प्रदर्शनमा आउने घनश्याम लामिछानेद्वारा निर्देशित नयाँ फिल्म ‘चित्रा’ को टीजर सार्वजनिक भएको छ ।
विश्वज्योती सिनेमा हलमा आयोजित कार्यक्रममा निर्माण टीमले टीजर सार्वजनिक गरेको हो । टीजरमा बाबु र छोरीको सम्बन्धको कथासँगै पारिवारिक विषयदेखि द्वन्दका आकर्षक दृष्यहरु समेटिएका छन् ।
टीजरमा फिल्मका कलाकारहरु सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान दिइएको छ ।
फिल्ममा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ ।
फिल्मका निर्माता आशिष थापा मगर हुन् भने अभिनेता सन्तोष आफैँ कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज सिवाकोटीको संगीत छ ।
महेश पौडेलको छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन छ भने सम्राट बस्नेतको द्वन्द निर्देशन छ ।
सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्ममा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ । सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ ।
फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ भने अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।
यसअघि फिल्मको ‘नजरैको हानाहान’ बोलको गीत तथा पोष्टरले दर्शकको राम्रो साथ पाइसकेको छ ।










