बारामा एमालेका वडा अध्यक्ष पाँच लाख घुस सहित अख्तियारको फन्दामा

२०८० पुष २, सोमबार १४:१८
कोल्हवी:बाराको जीतपुरसिमरा उप-महानगरपालिका वडा न.३का वडा अध्यक्ष तारा बाहादुर कार्की पाँच लाख नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
नेकपा (एमाले) मधेस प्रदेश कमिटी सदस्य समेत रहेका कार्कीलाई घुस रकमसहित जीतपुरको जयसवाल होटलबाट पक्राउ गरेको हो ।