चोभारको क्यानोपी जिपलाइनमा रमाउँदै अभिनेत्री राउत

कोल्हवी न्यूज
२०८० पुष १, आईतवार ०७:२६ गते

काठमाडौंको चोभारमा रहेको मञ्जुश्री पार्कमा शनिवारदेखि क्यानोपी जिप लाइन सञ्चालनमा आएको छ । अभिनेत्री वर्षा राउतले जिप लाईनको मज्जा लिँदै यसको उद्घाटन गरेकी छिन् ।

त्यसक्रममा अभिनेत्री राउतले तीन स्टेसन रहेको क्यानोपी जिप लाइनको यात्रा गरेर मज्जा लिएकी हुन् । एक जना व्यक्तिलाई दश मिनेटसम्म खेल्न समय लाग्ने चार सय मिटरको क्यानोपीमा पहिलो चरणमा एडभेन्चर, दोस्रोमा डेयर डेभिल्स तथा तेस्रोमा द फन श्रेणीमा छुट्याएर खेलाइन्छ ।

अभिनेत्री राउतले रोमाञ्चक खेल खेलेपछि फरक–फरक स्टेसनमा भिन्न एडभेन्चर महसुस हुँदा अझै धेरै मज्जा हुने धारणा व्यक्त गरिन् ।

नेपाली फिल्म तथा म्युजिक भिडियोहरुको नियमित छायांकन भैरहने चोभार क्षेत्रमा स्थापना भएकाले पनि यो जिपलाइनले स्थानीय पर्यटन प्रवर्धन गर्ने अभिनेत्री राउतको अपेक्षा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*