पोखरिया नगरपालिकाका कर्मचारीद्वारा दलित महिलामाथि बलात्कारको प्रयास

कोल्हवी न्यूज
२०८० मंसिर ३०, शनिबार १८:३२

पर्साको पोखरिया नगरपालिकामा कार्यरत एक कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास भएको छ । दलित समुदायकी एक महिला कर्मचारीलाई सरसफाई शाखाका प्रमुख बिनोद पाण्डेले फोन गरेर बोलाएका थिए ।

खाना पकाउने काम छाडेर साढे ९ बजेको समयमा कार्यालय पुगेपछि उनलाई सरसफाईको काम गर्न लगाइयो । काम गर्ने क्रममा नगरपालिकाका सरसफाईका नाइके रामबली हजराले ढोकाको चुकुल बन्द गरेर जबरजस्ती करणीको प्रयास गरेको ईलाका प्रहरी कार्यालय पोखरियामा दिएको जाहेरीमा उल्लेख छ ।

जाहेरी अनुसार आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल विक्रम शाहले जानकारी दिए । आरोपित रामबलीविरुद्ध जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता गरिएको प्रहरी उपरीक्षक शाहले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*