हमाससँगको लडाई जित नजिक रहेको इजरायलको भनाई

कोल्हवी न्यूज
२०८० मंसिर २९, शुक्रबार ०७:१६ गते

इजरायलले हमाससँगको युद्ध थप केहि समय लम्बिने बताएको छ । गाजामा युद्ध रोक्न अन्तर्राष्ट्रिय दबाब बढिरहदा इजरायलले हमास पराजित नभएसम्म युद्ध नरोकिने चेतावनी दिएको हो ।

रक्षामन्त्री योभ गालान्टले हमाससँगको युद्ध अझै केहि महिना टिक्ने बताएका छन् ।

रक्षामन्त्रीको भनाईलाई पुष्टि हुने गरि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमाससँगको विजय धेरै टाढा नभएकाले युद्ध चाडै सकिने बताए । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको जीवन कसरी बचाउने भन्नेमा ध्यान दिन इजरायललाई आग्रह गरेका छन् ।

गाजाको दोस्रो सहर खान युनिसमा इजरायलले भूमिगत आक्रमणलाई तिब्रता दिएको छ । गाजा भरि इन्टरनेट र फोन नेटवर्क काटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*