सीमा क्षेत्रमा गोली चल्यो, नेपाली युवक घाइते

कोल्हवी न्यूज
२०८० मंसिर २५, सोमबार १७:०८

नेपाल-भारतको सीमा क्षेत्रमा एक नेपाली युवामाथि गोली प्रहार भएको छ। विराटनगर महानगरपालिका- ८ का निर्दोष संग्रौलामाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालले जानकारी दिए ।

डिएसपी दाहालका अनुसार निर्दोष आइतबार अपराह्नमा भारत गएका थिए। भारतको रेलवे स्टेशनबाट करिब १०० मिटर टाढा गोली प्रहार भएको हो । गोली लगेका संग्रौलाको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उनको दाहिने खुट्टा र तिघ्रामा चोट लागेको छ। घाइते रहेका संग्रौला खतरामुक्त छन्। गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*