एसीसी यू–१९ : आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै

कोल्हवी न्यूज
२०८० मंसिर २३, शनिबार ०७:४७ गते

 एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै छन् । दुबईमा हुने दुवै खेल बिहान सवा ११ बजे हुनेछ  । हिजो भएको खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए ।

नेपालले भोलि आइतवार अफगानिस्तानसँग र मंगलवार भारतसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । प्रतियोगिताको फाइनल खेल आउँदो पुस एक गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*