बारामा पतिको कुटपिटबाट पत्नी घाइते, प्रहरीमा उजुरी

कोल्हवी न्यूज
२०८० मंसिर २१, बिहीबार १७:००

बारामा पतिको कुटपिटबाट पत्नी घाइते भएकी छन् । महागढीमाई नगरपालिका–३   गञ्जभवानीपुरकी २८ वर्षीय सलमा खातुन घाइते भएकी हुन् ।

आफूलाई ३० वर्षीय पति आसिक देवानले कुटपिट गरेको भन्दै मङ्गलवार खातुनले जिल्ला प्रहरी कार्यालय बाराको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकी छन् ।

आरोपित पतिले आफूलाई मङ्सिर ६ गते सानोतिनो कुरामा विवाद हुँदा मुक्का प्रहार गरी ढाडको रीढमा ठूलो चोट पुर्‍याई घाइते बनाएको पीडित खातुनको आरोप छ । त्यस्तै, आरोपितले पटक–पटक कुटपिट र गालीगलौज गरेको हुनाले एक साथ बस्न नसक्ने पनि पीडितको भनाइ छ । घटना पश्चात् पीडित माइतबाटै उपचार गराइरहेकी उनले आफ्नो दुखेसो पोखिन ।

पीडितको उपचार मङ्सिर १४ गतेदेखि जितपुर सिमरा हस्पिटलमा भइरहेको छ । उपचारको क्रममा रीढको एमआरआई गराउनु पर्छ भनी डाक्टरले सल्लाह दिएको पीडितले बताइन ।

दुवै पक्षलाई बोलाइ घटना बारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी इन्स्पेक्टर विमला कुमारी कठायतले जानकारी दिइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*