१२ वर्षीय मयङ्कले केबीसीमा कसरी जिते भारु एक करोड

कोल्हवी न्यूज
२०८० मंसिर २१, बिहीबार ०८:१२ गते

महिन्दरगढ हरियाणाका १२ वर्षीय मयङ्कले ‘कौन बनेगा करोडपति जुनिअर’मा भारु एक करोड जितेका छन्।

उनको उमेरका अरू कसैले यो खेलमा यति रकम जितेका छैनन्। पन्जाबी गीतहरू सुन्न असाध्यै मन पराउने यी बालक कक्षा आठमा पढ्छन्। मयङ्कका अनुसार उनले यो खेलका लागि दुई-तीन महिनादेखि तयारी गरिरहेका थिए।

“यो मेरो पहिलो प्रयास थियो। यसका लागि दुई-तीन महिना तयारी गरेँ। मेरा आमाबुवा मेरो प्रेरणाका स्रोत हुन्। केबीसी पनि प्रेरणादायी मञ्च हो,” उनले बीबीसीलाई भनेँ।

मयङ्कका बुवा दिल्ली प्रहरीमा छन्।

मयङ्क १८ वर्ष भएपछि मात्र पुरस्कारको रकम पाउने छन्।

एक करोड जित्ने मयङ्क सबैभन्दा कान्छा सहभागी हुन् र उनी रोबटिक इन्जिनियर बन्न चाहन्छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*