पर्सा : पात टिपने क्रममा ११ हजार भोल्टको तारमा टाँसिएर एक जनाको मृत्यु

कोल्हवी न्यूज
२०८० मंसिर १९, मंगलवार १७:२०

 पर्सामा स्याउला टिप्न रुखमा चढेका बेला करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पटेर्वासुगौली गाउँपालिका – ५ मनिहर्वाका चोकट साह तेली रहेका छन् ।

मङ्गलवार दिउँसो १ बजेतिर बाख्राका लागि स्याउला टिप्न घर नजिकैको रुखमा चढेका बेला ११ हजार भोल्टको तारमा टाँसिदा तेलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शी स्थानीय शिक्षक हरिराज प्रसाद यादवका अनुसार तेलीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

तेलीको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीले जानकारी दिए ।यात्राडेलीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*