पर्सा : अवैध तरिकाले गिट्टी बालुवा ओसारपसार गर्ने तिन वटा ट्र्याक्टर प्रहरीको नियन्त्रणमा

कोल्हवी न्यूज
२०८० मंसिर १९, मंगलवार १७:१५

पर्साको पर्सागढी नगरपालिकाअन्तर्गत पर्ने सिगयाही खोलाबाट अवैध रूपमा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

सिगयाही खोलामा गिट्टी बालुवा उत्खनन गरी अवैध रूपमा ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्र्याक्टरहरू नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीका अनुसार प्रहरी चौकी मानवाको टोलीको सहयोगले सिगयाही खोलाबाट गिट्टी बालुवा ओसारपसार गर्न प्रयोग भइरहेको ना ४ त–६२४६, ना ६ त– ७३५५ र ना ५ त– ५०५२ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिएको ट्र्याक्टरलाई प्रहरी चौकीले पर्सागढी नगरपालिकाको राजस्व शाखामा पठाएको इन्स्पेक्टर केशरीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*