इटहरीमा एकल महिलाको जिउँदै बिभत्स हत्या

कोल्हवी न्यूज
२०८० मंसिर १९, मंगलवार ०८:३४

इटहरीमा एक महिलाको बिभत्स हत्या भएको छ । इटहरी २ राईचोकस्थित ६९ वर्षीेया मधुमाया पुरीको सोमबार दिउँसो ३ बजेतिर हत्या भएको हो ।

स्थानीय अन्दाजी ४० वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ । ‘घटनाको कारण’bout खुल्न बाँकी छ,’ इन्सपेक्टर कैलाश चौधरी भने, ‘आपसी झगडामा हत्या भएको देखिन्छ । संलग्नलाई नियन्त्रणमा लिएका छौँ ।’ प्रहरीले घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएको छ ।

खुकुरी प्रहार गर्ने राईले पटकपटक यसअघि पनि झगडा भएको इन्सपेक्टर चौधरीले बताए । ‘कोही कसैले नदेख्नेगरी अचानक प्रहार गरेको देखिन्छ,’ उनले भने, ‘गोठमा काम गरिरहेको अवस्थामा घटना भएको देखिन्छ ।’

लेनदेनको विषयमा झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न राई मानसिक रूपमा बिरामीसमेत रहेको स्थानीयबासीको भनाइ छ । मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*