खसीको भनेर बाख्राको मासु बेच्ने व्यवसायी पक्राउ

कोल्हवी न्यूज
२०८० मंसिर १६, शनिबार १४:०१

खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका – ७ स्थित मुस्कान सप्लायर्स एन्ड फ्रेस हाउसका सञ्चालक मिश्री देवान रहेका छन् ।

देवानले आफ्नो फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बेचेको गुनासो आएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ आरोपमा पक्राउ गरेको हो ।

स्थानीयहरूको गुनासो पश्चात् इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले देवानको फ्रेस हाउसमा पुगेर चेकजाँच गर्दा खसीको  मासुको सानो टुक्रासँगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र पिसाब गर्ने लिङ्ग जस्तो बनाई खसीको मासुसँगै बिक्री गर्नको लागि राखेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीका अनुसार देवानले बाख्रालाई मारेर फेविक्वीक (टाँस्ने पदार्थ) ले बाख्राको स्तनको ठाउँमा अण्डकोष र तल पेटमा खसीको लिङ्ग टाँसेर खसीको मासु भनेर बेच्दै आएका थिए । छापा मारी गर्ने क्रममा देवानले गर्दै आइरहेको ठगीको घटना बाहिर आएको हो ।

प्रहरीले बरामद गरेका मासु सहित देवानलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरामा राखी थप अनुसन्धान अगाडि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*