विश्वकप आयोजकबाट पछि हट्यो डोमानिका, विन्डसर पार्क मैदानमा अब एक खेल पनि नहुने

कोल्हवी न्यूज
२०८० मंसिर १६, शनिबार १३:५८ गते

२०२४ को टी-२० विश्वकपको एउटा खेल पनि डोमिनिकामा नहुने भएको छ।

विश्वकपका लागि आवश्यक पर्ने निर्माण कार्य तोकिएको समयमा पूरा नहुने भन्दै डोमिनिका सरकारले विश्वकपका खेलहरू आयोजना गर्नबाट पछि हटेको हो।

विश्वकप आयोजना गर्ने सात क्यारेबियन देशमध्ये डोमिनिका एक हो। डोमिनिका सरकारको विज्ञप्ति अनुसार विन्डसर पार्क मैदानमा एक समूह चरणको र दुई सुपर ८ का खेलहरू हुने भनिएको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘ठेकेदारहरूबाट हामीले प्राप्त गरेको समयसीमा अनुसार रंगशाला निर्माणको काम समयमै सम्पन्न गर्न सकेनौँ। त्यसैले हामी टी-२० विश्वकप खेलहरू आयोजना गर्नबाट पछि हटिरहेका छौं। यो निर्णय सबैको हितमा छ। हामी क्रिकेट वेस्ट इन्डिजलाई पनि धन्यवाद दिन चाहन्छौं र उनीहरूलाई विश्वकप आयोजनाको लागि शुभकामना दिन चाहन्छौँ।’

क्रिकेट वेस्ट इन्डिजले पनि डोमिनिका सरकारको यो निर्णयलाई स्वीकार गर्दै आईसीसीलाई यसबारे जानकारी गराएको छ।

टी-२० विश्वकपका टूर्नामेन्ट निर्देशक फवाज बक्शले भने, ‘जब तपाईले ठूलो प्रतियोगिता आयोजना गर्नुहुन्छ, त्यस्ता अवस्थाहरू आउन सक्छन्। हामीसँग प्लान बी छ र त्यहि अनुसार अघि बढ्छौँ।’

टी-२० विश्वकप २०२४ जुन ४ देखि ३० सम्म वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*