ऋणको तनाबले बारामा शिक्षकको मृत्यु

कोल्हवी न्युज
२०८० मंसिर ९, शनिबार १२:०८

कोल्हवी:सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालय कचोर्वाका शिक्षकको ऋणको तनावले मृत्यु भएको छ । २०७९ चैतमा नियुक्त नरेन्द्र पराजुलीले साउनदेखि तलब नपाएपछि बढेको तनावका कारण बेहोस भएका थिए । लगत्तै उनको मृत्यु भएको हो ।

सिन्धुपाल्चोक घर भइ हाल सिमरा बारा बस्दै आएका पराजुली विद्यालयका स्थायी शिक्षक भए पनि नगरपालिका र विद्यालय व्यवस्थापन समितिको व्यवस्थापन कमजोरीले साउनदेखि तलब भत्ता वितरण गर्न बाँकी थियो ।जागिर गर्दा तलब नआएपछि विभिन्न पसलको उधारो र मिटर ब्याजदरमा लिएको ५० हजार ऋण दशैँमा लिएर तिर्न नसकेपछि मानसिक तनावमा थिए ।

त्यही तनाव बढेर बेहोस भएपछि उनको मृत्यु भएको हो ।मधेशका धेरै स्थानीयतहहरुले हालसम्म पनि तलबभत्ता बितरण गर्न सकेका छैनन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*