इजरायल-हमासको चारदिने युद्धविराम कार्यान्वयनमा, हमासले १३ इजरायली बन्धक छाड्दै

कोल्हवी न्यूज
२०८० मंसिर ८, शुक्रबार १४:२३ गते

 इजरायल र प्यालेस्टिनी अतिवादी समूह हमासबीचको सहमतिअनुरुप चारदिने युद्धविराम कार्यान्वयनमा आएको छ।

शुक्रबारदेखि सुरु भएको सो युद्धविरामको सहमतिअनुरुप १३ इजरायली बन्धकलाई आज रिहा गरिनेछ। अन्य ५० जनालाई भने अगामी चार दिनमा स्वतन्त्र गरिनेछ।

बीबीसीले कतारको पहलमा भएको सो सहमतिअनुसार इजरायलले १५० प्यालेस्टिनी कैदीलाई छोड्ने उल्लेख छ। थप एकदिन युद्धविराम भएमा अन्य १० बन्धकलाई छोड्ने सम्भावना पनि छ।

सहमति कार्यान्वयनमा आएसँगै राहत सामग्रीसहित इन्धन, खाना र चिकित्सा सामग्री बोकेका ट्रकहरु इजिप्टसँग जोडिएको सिमानाबाट गाजामा प्रवेश गरेका छन्। हरेक दिन २०० राहत बोकेका ट्रक गाजा प्रवेश गर्नेछन्। कुल १ लाख ३० हजार लिटर डिजल दैनिक रुपमा पठाउने कायरोले जनाएको छ। साथै अस्थायी शिविरमा बसेका मानिसहरु आफ्नो घरतर्फ गइरहेका छन्।

बेलायतका विदेश सचिव डेभिड क्यामरुनले प्यालेस्टिनी नेतासँग आज भेटवार्ता गर्नेछन्। गाजामा सहयोग भित्र्याउन बेलायतले पहल गर्नेछ।

अक्टोबर ८ मा हमासले इजरायलमा आक्रमण गर्दा १२०० मानिसको मृत्यु भएको थियो। यस्तै हमासले २४० मानिसलाई बन्धक बनाएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*