सलमान खानले तोडे आफ्नै रेकर्ड

कोल्हवी न्यूज
२०८० मंसिर ४, सोमबार १७:३९ गते

बलिउड अभिनेता सलमान खानले आफ्नै रेकर्ड तोडेका छन्।

उनको फिल्म ‘टाइगर ३’ ले पहिलो सातामा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड राखेको छ। उनले आफ्नै फिल्म ‘सुल्तान’ को रेकर्ड तोड्दै उक्त रेकर्ड राखेका हुन्।

‘टाइगर ३’ ले पहिलो साता २२० करोड २५ लाख भारू कमाएको छ भने ‘सुल्तान’ २०८ करोड ८२ लाख भारू कमाएको थियो। पहिलो साता २०६ करोड ४ लाख कमाइ गरेको फिल्म ‘टाइगर जिन्दा है’ तेस्रो नम्बरमा छ।

पहिलो साता १८४ करोड ६२ लाख भारू कमाएको फिल्म ‘बजरंगी भाइजान’ चौथो नम्बरमा छ भने १६७ करोड ६ लाख कमाएको फिल्म ‘भारत’ पाँचौं नम्बरमा छ।

सुरूआतमा राम्रो कमाइ गरे पनि ‘टाइगर ३’ अहिले बक्स अफिसमा कमजोर हुँदै गएको छ। नोभेम्बर १२ मा प्रदर्शन भएको फिल्मले पहिलो दिन ४४ करोड ५० लाख भारू कमाएको थियो।

यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो।

आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्। फिल्ममा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको मुख्य भूमिका छ। फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*