अस्ट्रेलियाविरुद्ध कोहलीको अर्धशतक, राहुलसँग अर्धशतकीय साझेदारी
२०८० मंसिर ३, आईतवार १७:४८ गते
एकदिवशीय विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध भिडिरहेको भारतका लागि विराट कोहलीले अर्धशतक पुरा गरेका छन्।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले २६ ओभरमा ३ विकेट गुमाएर १ सय ३५ रन जोडेको छ।
कोहली ५० रनमा खेल्दैछन्। उनलाई केएल राहुलले २८ रनमा खेल्दै साथ दिइरहेका छन्।
यी दुईबीच चौथो विकेटका लागि ५४ रनको साझेदारी भएको छ।
कोहली जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्।










