दुई दशकपछि विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

कोल्हवी न्यूज
२०८० मंसिर ३, आईतवार ०७:३८ गते

आइसिसी विश्वकप २०२३ को फाइनलमा भारत र अष्ट्रेलियाबीच उपाधीका लागि आज प्रतिस्पर्धा हुदै छ । फाइनल खेलआज नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दिउँसो सवा दुई बजेबाट सुरु हुनेछ ।

नरेन्द्र मोदी स्टेडियमा दुई देशबीचको फाइनलखेल सुरु हुनुपूर्व एक भव्य सांगितिक समारोहको आयोजना हुनेछ । फाइनल खेल प्रत्यक्ष हेर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं स्टेडियममा जानेछन् ।

समूह चरणमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि लगातार ८ जितका साथ फाइनलमा स्थान बनाएको हो । तर, जारी विश्वकपमा लिगका ९ खेल जितेको भारत अपराजित एक्लो टोली हो । आइतबारको फाइनल भारतको चौथो र अष्ट्रेलियाको आठौं हो ।

हालसम्म विश्वकपका १३ खेल भएका छन्। अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधी जित्दा भारतले दुई पटक मात्रै जितेको छ। यस्तै वेष्ट इन्डिजले दुई पटक, इंग्ल्याण्ड, श्रीलंका र पाकिस्तानले एक/एक पटक विश्वकपको उपाधी जितेका छन् ।

अस्ट्रेलियाले १९८७, १९९९,२००३, २००७ र २०१५ मा विश्वकपको उपाधी जितेको थियो । भारतले १९८३ र २०११ को उपाधी जितेको थियो । २००३ मा भने अस्ट्रेलियाले भारतलाई फाइलनमा हराएको थियो । त्यसपछि आज यी दुई टोली उपाधी भिडन्त गर्दैछन् ।

दुई दशकपछि हुन लागको फाइनल खेलमा आज दुवै टोली जित्न चाहान्छन् । यी दुईबीचको उपाधी भिडन्त रोचक हुने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*