वीरगञ्जमा नक्कली नाेटसहित दुई जना पक्राउ

कोल्हवी न्यूज
२०८० मंसिर १, शुक्रबार १७:१८

 पर्साकाे वीरगञ्जमा नक्कली नाेटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका-३ का उमेश कुमार रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले वीरगञ्जको सिटी मार्केटमा कपडा किनेर नक्कली नोट दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे जानकारी दिनुभयाे ।

उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको थापाले जानकारी दिनुभयाे । उनीहरुमाथि खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*