सुदूरपश्चिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक र औषधि पठाउँदै, १ करोड सहयोग पनि गर्ने
जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्प प्रभावितहरूको उपचारका लागी सुदूरपश्चिम सरकारले चिकित्सक र औषधि पठाउने भएको छ ।
मुख्यमन्त्री कार्यालयमा बसेको आकस्मिक मन्त्री परिषद् बैठकले प्रभावित क्षेत्रमा चिकित्सक र औषधि पठाउने निर्णय गरेको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सामग्रीसहित २० जना स्वास्थ्यकर्मीको टोली पठाउने बताए ।
यस्तै सरकारले तत्काल प्रभावित क्षेत्रमा १ करोड रकम पनि सहयोग गर्ने भएको छ ।