नेपाली सेनाको १६ जनाको मेडिकल टीमसहित प्रधानमन्त्री जाजरकोट प्रस्थान

कोल्हवी न्यूज
२०८० कार्तिक १८, शनिबार ०८:०५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्लामा प्रस्थान गरेका छन् । आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री दाहाल जाजरकोट प्रस्थान गरेका हुन् ।

उनीसँगै नेपाली सेनाको १६ जनाको मेडिकल टीम पनि गएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

शुक्रबार मध्यरातमा गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा
१०० भन्दा बढीको ज्यान गएको छ । प्रधानमन्त्री दाहालले रुकुमपश्चिमको पनि अवलोकन गर्नेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*