मध्यरातमा चार पटक गएको थियो जाजरकोटमा भूकम्प
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर कम्तीमा चार पटक भूकम्पको धक्का महसुस गरिएको पाइएको छ। सुरुमा शुक्रबार राति ११:४७ बजे पहिलो भूकम्पको धक्का महसुस भएको थियो।
त्यसपछि क्रमश: १२:०८, १२:२९, १२:३५ गरी ४ पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३ म्याग्निच्युडका भूकम्प गएका थिए। उक्त भूकम्पका कारण रूकुम पश्चिम र जाजरकोटका कम्तीमा ९२ जनाको मृत्यु भइसकेको छ भने भने १०८ जना घाइते भएका छन्।
मृत्यु भएका व्यक्तिको खोजी र घाइतेहरुको उद्धार चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोलीसहित प्रस्थान गरेका छन्। आवश्यक मेडिकल टोली पनि पठाइएको प्रधानमन्त्री कार्यालयले बताएको छ।