बाराको सदरमुकाम कलैयामा गोलि लागेका सराफको उपचारका क्रममा मृत्यु

कोल्हवी न्युज ब्यूरो
२०८० कार्तिक १३, सोमबार १४:३८

कोल्हवी:बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सराफको गोली लागेर ज्यान गएको छ ।

मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका सराफमाथि दुई राउन्ड गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गोली लागेका सराफको वीरगञ्जमा रहेको बयोदा सिटी अस्पतालमा पुर्‍याएकाे केहीबेरमै ज्यान गएको हो । उहाँको घाँटी र छातीमा गोली लागेको अस्पतालले जनाएको छ ।

बजार क्षेत्रमा मोटरसाइकलमा यात्रा गरिरहेकै बेला सराफमाथि गोली प्रहार भएको हो । घटनास्थल प्रहरी चौकीबाट नजिकै पर्छ । गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*