बारामा माेटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको ज्यान गयाे

कोल्हवी न्यूज
२०८० कार्तिक १२, आईतवार ०८:४१

बारामा माेटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानकाे ज्यान गएकाे छ । हिजाे बिहान ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भइ इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारकाे ज्यान गएकाे हाे ।

निजगढ नगरपालिका-८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा सुनारकाे माेटरसाइकल दुर्घटना भएकाे हाे ।

टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उहाँकाे उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा ज्यान गएकाे हाे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*