बाराको सिमरा चोकमा बस दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते

कोल्हवी न्यूज
२०८० कार्तिक १२, आईतवार ०८:४०

बाराको जीतपुर सिमरा उपमहानगर वडा नं २ स्थित सिमरा चोकमा भएको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ । घटनामा अन्य ११ जना घाइते भएका छन् ।

भरतपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ७ ख ४७४९ नं बस शनिवार राती करिब १२ बजे सिमरा चोकमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको नाम ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घाइतेहरूको भने हाल वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलिनसकेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*