दसैँ : पर्सामा २२ सवारी दुर्घटना, दुईको मृत्यु
दसैँ अवधिमा पर्सामा विभिन्न २२ वटा दुर्घटना भएका छन् ।
सप्तमीदेखि विजयादशमीसम्ममा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरू गरी जम्मा २२ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस अवधिमा २३ वटा मोटरसाइकल, ७ वटा काररजिप, दुई वटा ट्रक र दुई वटा साइकल तथा तिन वटा अटो दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।
यसै गरी ट्राफिक नियम उल्लङ्घन गरी चलाएका २२ वटा सवारी साधनहरूबाट ३ लाख ५७ हजार राजस्व समेत सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए ।
यस वर्षको दसैँमा गत वर्ष भन्दा कम दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाको भनाई छ ।