चीनको पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयघातबाट निधन

कोल्हवी न्यूज
२०८० कार्तिक १०, शुक्रबार ०८:५३ गते

चीनको पूर्व प्रधानमन्त्री ली खछ्याङको बिहीबार मध्यरातमा हृदयघातबाट निधन भएको छ। उनको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन् ।
प्रधानमन्त्रीबाट हटेसँगै उनी सांघाईमा बसिरहेका थिए। बिहीबार राति हृदयघातलगतै अस्पताल लगिएपनि उनलाई बचाउन नसकिएको त्यहाँको समाचार माध्यम सीसीटीभीले जनाएका छन्।

उनी चिनियाँ कम्युनिस्ट पार्टी ’सीसीपी’को तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिन्छन् । उनलाई कुनै समय चीनको भावी राष्ट्रपतिका रुपमा समेत हेर्ने गरिएको थियो । २०१३ मा प्रधानमन्त्री बनेका ली करिब १० वर्षसम्म पदमा रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*