रौतहटको हिमाली युवा समुहको खुल्ला नृत्य प्रतियोगिता भब्यताका साथ सम्पन्न( फोटो फिचर सहित)
रौतहट:रौतहटको हिमालिवासमा आईतवार सम्पन्न हिमाली युवा समुहको आयोजनामा भएको खुल्ला नृत्य प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ।
समुहका अध्यक्ष सुवास अधिकारिको सभापतित्वमा शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेसका माननीय युवराज भट्टराई (समीर) रहनु भएको थियो।कार्यक्रममा बिशिस्ट अतिथी रास्ट्रिय युवा परिषद रौतहट जिल्ला अध्यक्ष चेत बोलखे रहनुभएको थियोे ।यसैगरी अतिथिहरुमा वाई.सि.एल रौतहट जिल्ला ईन्चार्ज कमला पाण्डे,दुधिअवा क्याम्पस प्रमुख रन्जन खरेल,समाजसेवी अनन्त पौडेल ,खजान्ती महतो,लालबाबु पटेल,केशब तिमल्सिना,सानू भुजेल लगायतका माहनुभावहरुको उपस्थिती रहेको थियो।
उक्त प्रतियोगितामा विभिन्न जिल्लाबाट २० टिमको सहभागिता रहेकोमा नृत्य प्रस्तुती मार्फत दोस्रो राउण्डमा ८ टिम मात्र प्रबेस गरेको थियो।कार्यक्रमको स्वागत मन्त्ब्य समाजसेवी सुदर्सन काफ्ले,अर्जुन श्रेष्ठ र रन्जन खरेलले राख्नु भएको थियो।
प्रतियोगितामा दोस्रो राउण्ड प्रबेस गरेका ८ टिम भित्र बाट प्रथम ब्याङ ब्रोज अशोक बिरगंज,दोस्रो सुवास मगर काठमाडौ ,तेस्रो साधना जोसि खैरा,बारा र सान्त्वना रिया श्रेष्ठ हेटौंडा ले पुरस!हात पारेका थिए ।प्रथम हुनेले २० हजार सहित प्रमाण पत्र प्राप्त गरेका थिए।दोस्रोले नगद १० हजार सहित प्रमाणपत्र,तेस्रोले नगद ५ हजार सहित प्रमाणपत्र र सान्त्वनाले नगद पचिस सय र प्रमाणपत्र प्राप्त गरेका थिए।कार्यक्रममा प्रतियोगिताको जज आशिष् तामाङ,सन्दिप चौधरी र अजय तिमल्सिना रहनु भएकोथियो।
कार्यक्रमको अवदरमा समाज्सेवी शान्ती देबि ढुंगानाको पुस्तक माननीय युबराज भट्टराई ( समीर) ले बिमोचन समेत गर्नु भएको थियो।कार्यक्रमको सन्चालन सन्सार तामाङले गर्नु भएको थियो।फोटो फिचर:











