दशैं मनाउँदै गरेको फोटो रियलमीको फेसबुक पोस्टको कमेन्टमा शेयर गर्दा उपहार जित्ने अवसर

कोल्हवी न्यूज
२०८० कार्तिक ४, शनिबार १५:४९ गते

रियलमीले नेपालीहरूको महान् चाड विजयादशमीको अवसर पारेर दशैं फोटो कन्टेस्टको सुरुवात गरेको छ । यस फोटो कन्टेस्टमा सहभागी हुँदा आकर्षक पुरस्कारहरू जित्न सकिने कम्पनीले जनाएको छ ।

कन्टेस्टमा सहभागी हुन सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग दशैँ मनाउँदै गरेको तस्वीर खिचेर रियलमीको फेसबुक पोस्टको कमेन्ट बक्समा शेयर गर्नुपर्नेछ । साथै, रियलमीको फेसबुक र इन्स्टाग्राम पेजलाई लाइक र फलो पनि गर्नुपर्नेछ ।

सबैभन्दा धेरै कमेन्ट तथा लाइक प्राप्त गर्ने फोटोलाई भाग्यशाली विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

कात्तिक २ गतेदेखि सुरू भएको यस दशैँ कन्टेस्टमा कार्तिक १३ सम्म सहभागी हुन सकिनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*