रौतहट फतुवा-विजयपुरका मेयर यादवलाई ३ वर्ष कैद र १५ लाख जरिवाना
कोल्हवी:भष्ट्राचारमा दोषी ठहर भएका रौतहटको फतुवा विजयपुरका तत्कालीन मेयर गोपाल राय यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना भएको छ । विशेष अदालतले कसुर ठहर्याएपछि बुधबार सजाय सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दामा मेयर गोपाल यादव, तत्कालीन उपमेयर कान्तीदेवी, तत्कालीन वडाअध्यक्षहरु भविछन राय, सञ्जयप्रसाद शेख, एजाज अहमद, दीपनारायण साह, उमाशंकर साह कलवार, हिरा राय यादव, योगेन्द्र चौधरी, ज्ञानेन्द्र चौधरी लगायत १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि यादव मात्र दोषी ठहर भएका थिए ।
उनीहरुविरुद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । यादव गत स्थानीय निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए । लाल बकैया नदीको उत्खनन सम्बन्धी ठेक्का रद्ध गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको आरोप यादवविरुद्ध लागेको थियो । प्रशासनबाट