जनकपुरस्थित बिग मार्टमा आगलागी, करोडौँको क्षति

कोल्हवी न्यूज
२०८० आश्विन २१, आईतवार ११:३१

मधेस प्रदेशको केन्द्र जनकपुरधामस्थित जनकपुर बिग एक मार्टमा आगलागी हुँदा करोडौँ बराबरको क्षति भएको सञ्चालकले दाबी गरेका छन् ।

जनकपुरधाम – ९ रामानन्द चोकस्थित मार्टमा गए राती अचानक आगलागी हुँदा करोडौँ बराबरको क्षति भएको सञ्चालकले दाबी गरेका हुन् ।

गए राती भएको आगलागी आज बिहान मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य स्थानीय तहहरूबाट आएको वारुणयन्त्र, नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण आएको धनुषा प्रहरीले जनाएको छ ।

आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनका अनुसार आगलागीबाट १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

आगलागी हुँदा सञ्चालक राय परिवारसहित मार्टको माथिल्लो तल्ला मै बसिरहेका थिए । उनले भने “हामीहरू मार्टको दोस्रो तलामा बसिरहेको थियौँ । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*