मोटरसाइकल टेस्ट राईडमा निस्कदा बारा कोल्हविका चौधरीको मृत्युु

कोल्हवी न्युज
२०८० आश्विन २०, शनिबार १३:४२

कोल्हवी:बारा जिल्लाको निजगढमा मोटरसाइकल, बस र अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तिन जना गम्भिर घाइते भएको छ ।

निजगढ स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने जमुना पैनीमा शनिवार बिहान लगभग बिहान आठ बजेर तिस मिनेटमा सो दुर्घटना भएको हो ।

बजारको लच्का नजिकै भएको दुघृटनामा मोटरसाईक बससंग ठोक्किएको थियो । दुर्घटनामा परी कोल्हबी नगरपालिका वडा नम्बर ३ जुगवा बस्ने अन्दाजी २० बर्षिय दिनेश चौधरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानाएको छ ।

मृतक चौधरी निजगढ स्थित निजगढ पार्टि प्यालेश नजिकै रहेको मोटरसाइकल ग्यारेजमा बिगत १ बर्ष देखि काम गर्दै आइरहेका थिए । घटना भएको दिन चौधरीले मोटरसाइकल बनाएर ड्राइभ चेक गर्ने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । अटोमा सवार रहेको घाइते तिन जनाको अवस्था गम्भिर रहेको छ ।

निजगढ ८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना६३प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको प्र.(०२(००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो ।

बसले ठक्कर दिएपछी चौधरीले चलाएको मोटरसाइकल ना३स ९२३७ नम्बरको इरिक्सामा ठोक्किन पुगेको थियो । मोटरसाइकलले ठक्कर दिएपछी अनियन्त्रित भएको उक्त इरिक्सा प्र २(०३(००१ ह १०६६ नम्बरको अटोसंग ठोक्किएको थियो।

रिक्साको ठक्करबाट अटो चालक निजगढ १२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा १६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् । घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*