जलवायुजन्य प्रकोपका कारण फिलिपिन्समा पाँच वर्षमा झण्डै एक करोड बालबालिका विस्थापित

कोल्हवी न्यूज
२०८० आश्विन २०, शनिबार ०७:५१ गते

जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा झण्डै एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले जनाएको छ ।

सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा पाँच वर्षको अवधिमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण ९७ लाख बालबालिका विस्थापित भएका छन् । फिलिपिन्समा बर्सेनि औसत २० वटा आँधीबेहरी आउने गरेका छन् ।

विपद्का बेला विस्थापित हुँदा सबैभन्दा जोखिममा बालबालिका पर्ने गरेका युनिसेफले जनाएको छ । फिलिपिन्सका लागि युनिसेफका प्रतिनिधि ओयुनसाइखान डेन्डेभनोरोभले जोखिममा रहेका बालबालिकाको संरक्षण र विस्थापितलाई सहयोग गर्ने प्रयासलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

फिलिपिन्समा आउँदो ३० वर्षमा आँधीबेहरीका कारण थप २५ लाख बालबालिका विस्थापित हुने खतरा रहेको अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*