हेटौंडामा पार्किङ गरेर राखेको ब्रेजा कार दिनमै चोरी

कोल्हवी न्युज ब्यूरो
२०८० आश्विन १७, बुधबार १७:२७

मकवानपुर:मकवानपुर जिल्लाको हेटौंडा उप-माहानगरपालिका वडा न.५ मा रहेको हेटौंडा रिगल रिसोर्ट अगाडि पार्किङ गरेर राखेको प्रदेश ३-०१-०२४ च ६४५८ न.को सुजुकी क.को निलो रङको ब्रेजा कार आज दिउँसो चोरी भएको सवारी धनीका आफन्त राधाकृष्ण मैनालिले जानकारी दिनु भएको छ।

२०७९ भाद्र ८ गते उक्त कार कौशिला देबि अधिकारिले रु.१० लाख नगद दिई बैंकको नाममा किस्ता तिर्न बाकी रकम तिर्ने सर्तनाम कागज बनाई खरिद गरिएको थियो।

हाल सुर्यबिनायक-२ का सुनिल खत्री सङ खरिद गरिएको उक्त कार खरिद कर्ताले पटक-पटक नामसारि गर्न आउनु भन्दा पनि नआएको र हिजो मात्र बिप्लब समुहका मान्छेबाट गाडी फिर्ता दिनु भनी धम्की आएको खरिद कर्ताका आफन्त मैनालिले बताउनु भएको छ।

आफन्त मैनालिका अनुसार निज सुनिल खत्रीलाई नगद रु.१० लाख दिई बैंकमा बुझाउन बाकी किस्ता रु.२६ लाख २२ हजार ५१ तिर्नु पर्ने रकम खरिद कर्ता कौशिला देबि अधिकारिले तिरी सके पछि पटक-पटक कार पास गर्न आग्रह गर्द्दा समेत सम्पर्क बाहिर रहि निज बिक्रि कर्तालेनै दिन दहाडै पार्किङ गरि राखेको कार चोरेर लगेको बताउनु भएको छ। यस बिष्यमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सङ बुज्द्दा चारै तिर खोजी कार्य तिब्र पारेको कोल्हवी न्युजलाई बताउनु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*