कोल्हवी न्युजको समाचार प्रभाव- आजै गर्यो नगरपालिकाले बजार अनुगमन

कोल्हवी न्युज
२०८० आश्विन १६, मंगलवार २३:००

कोल्हवी:बारा जिल्लाको´कोल्हवी बाजारमा अखाद्य वस्तु छ्यापछ्याप्ती सम्बन्धित निकाय वेखबर`भन्ने शिर्षकमा कोल्हवी न्युजले समाचार प्रकाशित गरेपछी कोल्हवी नगरपालिकाकि उप- प्रमुख लक्ष्मी कुमारी चौधरीको नेतृत्वमा दिउँसो ३ बजेदेखी बजार अनुगमन भएको छ।

उक्त अनुगमनमा कोल्हबी नगरपालिकाका राजस्व शाखाका यज्ञराज,वडा नं-१का अध्यक्ष राजहरण चौधरी,ईलाका प्रशासन कार्यालय कोल्हबी शाखाका प्रमुख नबिन चौधरी, ईलाका प्रहरी कार्यालयका प्रमुख भोलामान सिंह अधिकारी,शसस्त्र प्रहरी बेश क्याम् कोल्हविका प्रमुख उमेश पौडेल,नगर उधोग बाणिज्य संघका माहा-सचिव शम्भु साह, समाजसेवी प्रेम नारायण चौधरीको टोलीले कोल्हबी बजार अनुगमन तथा निरिक्षण गरेका थिए।

कोल्हवी नगरपालिकाको उप-मेयरको सचिवालयले चलाएको सामाजिक संजालमा उक्त अनुगमन टोलिले बजार अनुगमन गर्दा के कति र कस्ता सामान बरामद भए त्यस सम्बन्धि कुनै जानकारी दिईएको छैन।मात्र बजार अनुगमन गर्दाका तस्वीरहरु भन्दै केही सम्बन्धित ब्यक्ती र कार्यलयको नाम मात्र लेखिएको छ।

कोल्हवी बजारमा केही दिन देखि भैरहेको दुषित पानी बिक्रि बितरणको ई.प्र.का कोल्हविमा उपभोक्ताको उजुरी परेपछी प्रहरिको टोलिले ३७ जार र३९ कार्टुन दुषित पानी जफत गरि जिल्ला प्रशासन कार्यालय बारा र खाद्य तथा गुण नियन्त्रण बिभागले पानी परिक्षणका लागि जनकपुर पठाएको थियो।ठिक त्यस्कै पर्सि पल्ट आज म्याद गुज्रिएको बिस्कुट भेटिएपछी मात्र स्थानिय निकायाले दिउँसो ३ बजे देखि बजार अनुगमन मात्र देखावटी गरेको आम स्थानिय उपभोक्ताहरुको ठम्याई रहेको बुझिएको छ।

उनिहरुको भनाई लाई अधार मान्दै यस्ता बजार अनुगमन चाडपर्व लक्षित मात्र नभई वेला-वेलामा गरिरहनु पर्ने रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*