रौतहटको हिमालीवासमा चाडपर्व लक्षीत खुल्ला नृत्य प्रतियोगिता
रौतहट:फतुवा विजयपुर ११ मा रहेको हिमाली युवा समूहको आयोजनामा खुला नृत्य प्रतियोगिता हुने भएको छ । विजया दशमीको उपलक्ष्यमा युवा समूहले खुला नृत्य प्रतियोगिता आयोजना गर्न लागेको युवा समूहका सदस्य सन्सार तामाङले बताए ।
कार्तिक ५ गते हिमालीवास बजारमा हुने प्रतियोगिताका लागि दर्ता फारम खुला गरिएको छ।असोज मसान्त सम्ममा नाम वा समूह दर्ता गर्नुपर्ने तामाङले बताए। प्रतियोगितामा सहभागिता जनाउन एक हजार पाँच सय पाँच दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ भने द्धितीय हुनेले २० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सदस्य तामाङले बताए।त्यस्तै तृतीय हुनेले १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागि हुन एकल वा समूहमा नृत्य गर्न सकिने जनाइएको छ।प्रतियोगिता५ गते दिउँसो १२ बजे हिमालीवास बजारमा हुने जनाइएको छ।कार्यक्रमको मुख्य प्रायोजन श्री कन्कालीवासिङ एण्ड ग्रेडिङ उद्योग,रौतहट,हिमाली रिसोर्ट,हिमालिवास,इलेक्ट्रो वर्ल्ड,कोल्हवी र Hungry fast food रहेको छ।










