नेपालविरुद्ध यशस्वीको अर्धशतक

कोल्हवी न्यूज
२०८० आश्विन १६, मंगलवार ०८:०१ गते

चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको भारतका ओपनर यशस्वी जयसवालले अर्धशतक बनाएका छन् ।

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतका लागि यशस्वीले २३ बलमा दुई चौका र पाँच छक्कासहित ५० रन पूरा गरे ।

जारी खेलको आठ ओभर समाप्त हुँदा भारतले विकेट नगुमाई ८४ रन बनाएको छ । भारतबाट हाल क्रिजमा रहेका जयसवालले ६५ र कप्तान रितुराज गाइकवाडले १४ रन बनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*