चुरियामाई मन्दिर नजिकै दुर्घटना, ९ जना घाइते
मकवानपुर:पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् ।
सोमबार बिहान वीरगंजबाट काठमाडौं तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकआपसमा ठक्कर खाँदा दुर्घटना हुँदा दुवै सवारीका ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएको छ । दुवै सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका र दुर्घटनाको कारणबारे अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।