सर्लाहीमा दुई युवतीमाथि सामूहिक बलात्कार

कोल्हवी न्यूज
२०८० आश्विन १३, शनिबार २०:५२

सर्लाही सदरमुकाम मलङ्वामा दुई युवती सामूहिक बालात्कारको शिकार भएकी छन्। मलङ्वाको एक कलेजमा अध्ययनरत युवतीहरू आफ्नै साथीबाट बालात्कृत भएको प्रहरीले जनाएको छ।

भदौ ३१ गते युवतीहरू बालात्कृत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बालात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले प्रकाउ गरेको छ। पीडितले असोज ९ गते उजुरी दिएपछि प्रहरीले उनीहरूलाई प्रकाउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाको अनिकित कुमार यादव र पर्सा जिल्लाका सुजित चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। अर्का एक जना फरार छन्।

मलङ्वा-२ मा भाडा लिएर बस्दै आएका युवतीहरूलाई कोठामा भोज खानका लागि बोलाई बालात्कार गरेके प्रहरीले जनाएको छ।अन्नपुर्णपोष्टबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*