जापान सरकार वाग्मती प्रदेशमा पूर्बाधार र कृषिमा सहकार्य गर्न सकारात्मक

कोल्हवी न्युज
२०८० आश्विन १३, शनिबार १२:०७ गते

मकवानपुर:वाग्मती प्रदेशका भौतिक पूर्बाधार विकास मन्त्री युवराज दुलाल र मित्र राष्ट्र जापानको विदेश मन्त्रालयका डेपुटी मन्त्री सिमेजु फुमिजो संग जापानको विदेश मन्त्रालयमा भेटघाट र छलफल भएको छ ।

मन्त्री दुलालका स्वकिय दीपक न्यौपानेका अनुसार शुक्रबार बिहान भएको भेटघाटमा वाग्मती प्रदेश र स्थानिय तहहरुमा पूर्वाधार र कृषि क्षेत्रमा सहकार्य गर्ने बिषयमा छलफल भएको हो ।

जापानका बिदेश मन्त्री फुमिजोले नेपालमा प्रदेश र स्थानीय तहसंग मध्ययम र साना आयोजनामा काम गर्न सकारात्मक रहेको बताउनु भएको छ । उहाँले नेपालमा जापानी प्रबिधीमा कृषिक्षेत्रमा परिबर्तन ल्याउन जापान सरकार तयार रहेको बताउनुभएको स्वकिय न्यौपानेको भनाई छ ।

भेटमा मन्त्री दुलालसंगै नेपालको तर्फबाट वाग्मती प्रदेश युवा तथा खेलकुद पूर्ब मन्त्री रत्न ढकाल,जापानका लागि नेपाली राजदुत डा.दुर्गा बहादुर सुवेदी,महाभारत गाउपालिका अध्यक्ष कान्छालाल जिम्बा, चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौंलागाई, राजदुताबासका प्रथम सचिव जीतबहादुर कार्र्की र नेपाली जनप्रगतीशिल मन्च,जापानका नेता हवलचन्द्र लामाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*