चीनलाई चुनौती दिन ताइवानले बनायो पहिलोपटक पनडुब्बी

कोल्हवी न्यूज
२०८० आश्विन १२, शुक्रबार ०८:०४ गते

चीनको खतरासँग जुध्न ताइवानले आफ्नो पहिलो स्वदेशी पनडुब्बी तयार गरेको छ।

बीबीसीका अनुसार ताइवानकी राष्ट्रपति साई इङ वेनले पनडुब्बीको प्रक्षेपण कार्यक्रममा भाग लिइन्।

अमेरिकी अधिकारीहरूले ताइवानलाई आगामी वर्षहरूमा चीनले आक्रमण गर्नसक्ने चेतावनी दिएका छन्।

चीनले ताइवानलाई आफ्नो हिस्सा भएको दाबी गर्दै चीनको ‘मुख्यभूमि’मा एउटा मात्र सरकार रहेको बताउँछ।

युक्रेनमा रुसले आक्रमण गरेपछि ताइवानको भविष्यबारे बहस चर्किएको छ।

कार्यक्रममा राष्ट्रपति वेनले भनिन्, ‘यो दिनलाई इतिहासले सदा स्मरण गरिरहनेछ, पहिले यो काम असम्भव मानिन्थ्यो तर हामीले गरेर देखायौँ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*