सूचक सम्मानबाट दश साहित्यकार सम्मानित

कोल्हवी न्यूज
२०८० आश्विन १२, शुक्रबार ०८:०१ गते

सूचक प्रकाशनबाट दश साहित्यकार सम्मानित भएका छन् । आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार साहित्यकार इल्या भट्टराई र बाह्रखरीकर्मी राजेश खनाललाई नगद र प्रमाणपत्रसहित समर्पण गरिएको छ ।

सूचक सम्मान कवि गीता कार्की, साहित्यकारत्रय ज्ञानु अधिकारी, लीलादेवी श्रेष्ठ तथा सपना लामिछाने, कविद्वय डा. रेणुका सोलु एवम् वसन्त नकर्मी, समाजसेवी हेमन्तकुमार कार्की, स्वास्थ्यसेवी डा. सिद्धार्थ रञ्जितलाई प्रदान गरिएको छ ।

पत्रकार जयराम बिडारी, कवि रश्मि रिमाल तथा समीक्षक अरुण खत्री ‘नदी’लाई कदर–पत्र प्रदान गरिएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*