देवघाटमा नुहाउने क्रममा बगेर दुई जना बेपत्ता

देवघाटधाम नारायणी नदीमा नुहाउँदै गर्दा बगेर बिहीबार बिहान दुई जना बेपत्ता भएमा छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बेपत्ता हुनेमध्ये एक जना भारत असम घर भई धनगढीस्थित लक्ष्मीनारायण संस्कृत मन्दिरमा पढ्दै आएका १९ वर्षीय भोजराज अधिकारी र अर्का व्यक्ति धनगढी-३ मिलन चोकका १७ वर्षीय पंकज दाहाल रहेका छन् ।
धनगढीबाट भ्रमणमा आएका उनीहरू बिहान ७ बजेतिर नुहाउने क्रममा नदीमा बेपत्ता भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए । उनीहरूको खोजीका लागि विपद् उद्धार टोलीसहित प्रहरी खटेको डीएसपी पण्डितले जानकारी दिए । यसअघि पनि देवघाटमा नुहाउने क्रममा असोज २ गते भरतपुरका एक जना व्यक्ति बगेर बेपत्ता भएका थिए ।
इकान्तीपुरबाट ।










