बाराको पचरौतामा हत्या गरिएका ब्यक्तिको पहिचान खुल्यो

कोल्हवी न्युज
२०८० आश्विन १०, बुधबार १०:०१

कोल्हवी:बाराको पचरौता नगरपालिकामा गएराती शव फेला परेको युवकको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक युवक भारतको मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका निवासी २२ वर्षीय अजित कुमार सिंह हुन् ।

पचरौता नगरपालिका-६ लक्ष्मिनियास्थित पोखरी नजिक शव फेला परेको सिंहको गोली हानेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।गएराती दुई वटा मोटरसाइकलमा आएको अज्ञात समूहले सिंहमाथि गोली प्रहार गरेर भारत तर्फ भागेको प्रहरीको भनाई छ । घटनास्थलबाट प्रहरीले एक थान गोली समेत बरामद गरेको छ ।

सिंहमाथि उनका एक जना साथीले नै गोली चलाएको हुनसक्ने प्रहरीको आशङ्का छ । उनको शव हाल पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

यसअघि सोमबार पचरौता नगरपालिकाकै – १ मा पर्ने नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सशस्त्र प्रहरीका एक पूर्व सशस्त्र प्रहरी जवानको शव फेला परेको थियो । प्रहरीले हालसम्म उनको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*