नेपालले चीनलाई उपहारस्वरूप एकजोडी एकसिंगे गैँडा दिने

कोल्हवी न्यूज
२०८० आश्विन ९, मंगलवार १२:४१ गते

नेपालले चीनलाई उपहारस्वरूप एकजोडी एकसिंगे गैँडा दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त सहमति भएको हो ।

प्रधानमन्त्रीको भ्रमणको अवसरमा नेपाल र चीनका तर्फबाट मंगलबार बिहान जारी गरिएको संयुक्त विज्ञप्तिमा यो विषय समेटिएको छ ।

“नेपालले दुई देशबीचको दिगो मित्रताको प्रतीकको रूपमा चीनलाई नेपाल सरकार र जनताको तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई उपहारस्वरूप एकजोडी एकसिंगे गैँडा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ,” संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*