मलेसियामा हुने एसीसी यू-१९ प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

कोल्हवी न्यूज
२०८० भाद्र २९, शुक्रबार १२:१८

मलेसियामा आयोजना हुने एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपालले प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

मलेसियाले आगामी अक्टोबर १२ देखि २४ तारिखसम्म प्रिमियर कप आयोजना गर्दैछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ ।

५० ओभरको प्रिमियर कप पाकिस्तानमा यसै वर्ष आयोजना हुने एसीसी यू-१९ एसिया कपका लागि छनोट प्रतियोगिताको रुपमा समेत रहेको छ ।

यस प्रतियोगिताको शीर्ष ३ टिमले एसिया कपमा स्थान सुरक्षित गर्नेछन् ।

प्रतियोगिताका लागि नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा बहराइन, साउदी अरेविया र इरान पनि रहेका छन् । समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन रहेका छन् भने समुह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, आयोजक मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।

नेपालको प्रारम्भिक टोलीः

१- आकाश त्रिपाठी

२- अर्जुन कुमाल

३- दिपक बोहरा

४- दीपक बोहरा

५-उत्तम थापा मगर

६-दिपक डुम्ब्रे

७-दिपेश कँडेल

८-हेमन्त धामी

९- दुर्गेश गुप्ता

१०-आकाश चन्द

११-देव खनाल

१२-सुभाष भण्डारी

१३-विशाल केसी

१४-मिलन बोहरा

१५- प्रज्वल थापा

१६- तुलबहादुर थापा

१७- निर्मल गुरुङ

१८- राजेश यादव

१९- विपिन रावल

२०- उनिश सिंह ठकुरी

२१- अशोक पौडेल

२२- अभिनाश तिवारी

२३- नरेन भट्ट

२४- निरज यादव

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*