चलचित्र पानीफोटोलाई पुस्तकमा ल्याए खगेन्द्रले

कोल्हवी न्यूज
२०८० भाद्र २६, मंगलवार ०८:५४ गते

अभिनेता तथा उपन्यासकार खगेन्द्र लामिछानेले आफ्नो नयाँ पुस्तक ‘पानीफोटो’ पाठकमाँझ ल्याएका छन् । यस अघि उनले चलचित्र पानीफोटो निर्माण गरेका थिए । सोही चलचित्रको कथाबस्तु समेटेर पानीफोटो पुस्तक ल्याएका हुन् ।

यस पुस्तकमा खगेन्द्रले नाटकदेखि सिनेमासम्मको यात्राकथा उतारेका छन् । कथालाई एउटा माध्यमबाट अर्कोमा लैजाँदा केके परिवर्तन गर्नुपर्छ भन्ने कुरा उनले यो पुस्तकमा देखाएका छन् ।

सोमबार काठमाडौंमा एक समारोहबिच कलाकार नीर शाह, स्वस्तिमा खड्का, सुरक्षा पन्त, मालिका महत, ऋचा शर्मा, निर्देशक मनोज पण्डित, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, अशोक शर्मा, सौरभ राईलगायतले यो पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रममा बोल्दै कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत देखाएको चलचित्रप्रतिको प्रतिबद्धता सराहनीय छ भने । नेपालमा पहिला भएका कृतिका आधारमा चलचित्र बन्ने गरेको सन्दर्भमा चलचित्र बनिसकेपछि पुस्तकको आवरणमा आउनु अझ खुसीको कुरा भएको उनले बताए । चलचित्र पढ्ने विद्यार्थीलाई यो पुस्तक झनै उपयोगी हुने पनि उनले बताए ।

निर्देशक मनोज पण्डितले पनि चलचित्र बनिसकेको ‘पानीफोटो’ पुस्तकमा रूपान्तरण भएर आउनु प्रशंसयोग्य कार्य भएको बताए,‘यो पुस्तक चलचित्र क्षेत्रका हरेक व्यक्तिले पढ्नैपर्छ । चलचित्र पढाउने कलेज र यससँग सम्बन्धित रहेर काम गर्ने संस्थाले यो पुस्तक राख्न जरुरी छ ।’

लेखक संग्रौलाले ‘पानीफोटो’मा नेपालमा १२ वर्ष चलेको माओवादी जनयुद्धको सयममा छोरा बेपत्ता पारिएका बाबुआमा र उनीहरूले छोरा खोज्न गरेको प्रयत्नको कथा समेटिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*